सन्दीप लामिछानेले पाए विदेश जान अनुमती

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

सोमबार न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेश सदर गर्दै पुनः कारागारमा नराख्न आदेश दिएको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

त्यस्तै उच्च अदालतको फैसला विरुद्द सरकारी वकिल सर्वोच्च अदालतमा पुगेको थियो।

प्रतिक्रिया

खबर सबै