

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको तेस्रो जित


काठमाडौँ । हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ।
सोमबार भएको नेपालले हङकङलाई हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२।१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर आकाश त्रिपाठी र र उत्तम रञ्जु थापा मगर ९८ रनको साझेदारी गरे। आकाश ६४ र उत्तम ३९ रनमा नटआउट रहे। आकाशले ७२ बलमा ५ चौका र ४ छक्का हाने। उत्तम ५० बलमा ४ चौका हाने। अर्जुन कुमाल १६ रनमा क्याच आउट भए।
युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा टस जितेर ब्याटिङ गरेको हङकङ ४६।३ ओभरमा १ सय २० रन बनाउँदा अल आउट भयो। हङकङका पार्थ भावत ३६ र मोहम्मद अलियान जाहिर २९ र आशना त्रिवेदी ११ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका हेमन्त धामाीले ३ विकेट लिए। ९ ओभर बलिङ गरेका हेमन्तले ३ मेडन राख्दै ३७ रन खर्चे। आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कँडेलले १ विकेट आफ्नो नाममा गरे। नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ तथा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले हराएको थियो।
६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ। प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन्।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया