

कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधि अभियान सुरु, ६ लाख बढीलाई खुवाउने लक्ष्य





कपिलवस्तु । कपिलवस्तुसहित देशभरका १५ जिल्लामा आज देखि हात्तीपाइले रोग बिरुद्धको औषधि सेवन अभियान सुरु भएको छ ।
सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको हो । सोही अनिुसार कपिलवस्तुका १० वटै पालिकामा रहेका स्वास्थ्य चौकी मार्फत औषधि सेवन गरि अभियानको शुभारम्भ गरिएको हो । जिल्लाका पालिकाका जनप्रतिनिधि, स्वासथ्यकर्मी, संचारकर्मी तथा कर्मचारीहरुले सबैभन्दा पहिला आफैले औषधि सेवन गरेका छन् । त्यसपछि नागरिकहरुलाई औषधि खुवाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु गरिएको हो ।
लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले सुझाव दिनुभयो । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ । धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ ।
डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए÷नभएको बारे अनुसन्धान हुँदैछ ।
कपिलवस्तुमा यसपटक १५ औँ पटक औषधि खाने अभियान चलाइएको हो । यहाँ हात्तीपाईलेका बिरामीहरु अझै पनि कायम रहेका कारण औषधि सेवन अभियान संचालन गर्नुपरेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको बाणगंगामा आज पहिलो दिन ७ हजार ८सय ९० जनाले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेका छन् । नगरपालिकाले ७२ हजार बढीलाई औषधि खुवाउने लक्ष्य लिएको छ । जसका लागि ११२ जना महिला स्वास्थ्य स्वयमसेवीका र ६० जना स्वास्थ्यकर्मीेका टोली परिचालित भएका छन् ।
बाणगंगामा नगर प्रमूख चक्रपाणी अर्यालले वडा नम्बर ४ बाट औषधि सेवन गरि अभियानको शुभारम्भ गर्नुभएको छ भने बुद्धभुमि नगरपालिकामा मेयर केशव कुमार श्रेष्ठले अभियानको शुरुवात गर्नुभएको छ । कपिलवस्तु जिल्लाभर ६ लाख ४२ हजार बढीलाई यो औषधि खुवाउने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई












प्रतिक्रिया