

यूएई भ्रमणका लागि नेपाली टाेलीकाे घाेषणा





काठमाण्डाै
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अर्काे हप्ता यूएईमा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे छ ।
क्यानले आज बिहीवार यूएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको हाे । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । सन्दीपका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमति मागे पनि अस्वीकार गरिएकाे थियाे । टाेलीमा दुई युवा खेलाडी प्रतिश जिसी र माैसम ढकाल अटाएका छन् ।
नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो भ्रमणको सुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल रहेका छन् ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया