कपिलवस्तुमा भोलिदेखि हात्तिपाईले बिरुद्धको औषधि सेवन अभियान संचालन हुदैँ

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा भोली देखि हात्तीपाईले बिरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गरिदैँ छ । जसका लागि केही सता यता जिल्लाका सबैजसो स्वास्थ्य चौकीहरु र स्वासथ्यकर्मीको टोलीद्धारा वडा तथा टोल टोलमा औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन अभिमुखिकरण र नागरिक सचेतना कार्यक्रम गरिरहेका छन् ।

सोही अभियानलाई सफल बनाउन बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको मोतिपुर स्वास्थ्य चौकीले आज (बुधबार) वडाका विभिन्न टोल टोलमा पुगेर नागरिकहरुलाई औषधि सेवनका लागि प्रेरित गरेको छ । स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार भोली देखि स्वासथ्यकर्मीेको उपस्थितिमा औषधि सेवन अभियान सुरु गर्न नागरिकहरुलाई औषधिको प्रभावकारीता र यसको सवेनको अपरिहार्यताका बिषयमा जानकारी प्रदान गरिएको छ ।

औषधी सेवनमा सबै समुहका नागरिकहरु अनिवार्य सहभागि भई जिल्लाबाट हात्तिपाईले रोग निवारणका लागि लाग्नुपर्ने उहाँले बताउनुभयो । बाणगंगा ८ स्थित सिसेनीमा स्थानीयहरुसँग छलफल गर्दै उहाँले कपिलवस्तुमा नागरिकहरुले औषधि सेवन नगर्दा १५औँ पटक सम्म लगातार औषधि खानुपर्ने बाध्यता रहेको भन्दै यसपटक सबैले अनिवार्य औषधि सेवन गरी रोग निर्मूल पार्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

२ वर्ष मुनिका बालवालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी, क्षारे रोग भएका व्यक्ति , सिकिस्त बिरामी भई अस्पताल भर्ना भएका बाहेक सबैले औषधि सेवन गर्नूपर्ने छ । औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुले समेत जिल्ला भरका सबै नागरिकहरुलाई अभियानमा सहभागि हुन आग्रह गरेको छ ।

यसैबिच बाणगंगा नगरपालिका स्वास्थय शाखा प्रमूख ठगराज पौडेलका अनुसार हात्तिपाईले बिरुद्धको सेवन गर्न लागिएको सबै औषधि बाणगंगाका सबै वडामा पुगिसकेको छ भने भोली बिहिबार बिहान सबै वडामा एकैपटक औषधि सेवन अभियान सुरु गर्ने गरी तयारी गरिएको छ ।

वडा नम्बर ४ मा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कार्यक्रम शुभारम्भ गर्ने तालिका छ भने वडा नम्बर ५ मा उप मेयर रिता चौधरी र वडा नम्बर ५ मा स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले कार्यक्रमको शुभारम्भ गर्ने गरी तयारी भइरहेको छ । यस बाहेकका अन्य वडामा सम्बन्धित वडाका वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिने छ ।
बाणगंगा नगरपालिकामा ११ गते देखि २५ गते सम्म गरी करिब ७२ हजार जनसंख्यालाई यो औषधि खुवाउने लक्ष्य रहेको पौडेलले साझाकुरालाई जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाभरी ११२ जना महिला स्वास्थ्य स्वयंसेवीका र ६० जना स्वास्थ्यकर्मीहरु परिचालन हुदैँछन् ।

अभियानको पहिलो दिन सबै वडाका सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य चौकीमार्फत औषधि खुवाइने छ भने शुक्रबार देखि नगरपालिका भरी नै विद्यालय केन्द्रित औषधि अभियानमा लाग्ने गरी तयारी भइरहेको पनि पौडलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै