

बाणगंगामा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान सफल बनाउने प्रतिबद्धता





कपिलवस्तु । फागुन ११ गते देखि कपिलवस्तुमा पन्ध्रौ पटक सुरु गर्न लागिएको हात्तीपाईले रोग बिरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउने विषयमा सामुहिक प्रतिबद्धता जनाइएको छ ।
हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान आगामी फागुन ११ गतेदेखि सुरु हुदैछ । उक्त अभियान २५ गतेसम्म चल्ने छ । सोही अभियान अन्तर्गत बाणगंगा नगरपालिकाले कपिलवस्तु उद्योग बाणिज्य संघसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम सोमबार संघको सभाहल चारनम्बरमा गरिएको हो ।
बाणगंगा नगरपालिकामा उक्त अभियानका लागी ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान संचालन हुने उनले जानकारी दिए । ७२ हजारलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले विगत १४ बर्षदेखि औषधी खादाँ पनि कपिलवस्तु जिल्ला हात्ती पाईले मुक्त जिल्ला नहुनु आफैमा लज्जास्पद विषय भएको बताए । उनले यो पटक जसरी भए पनि जिल्लालाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हात्ती पाईले रोग विरुद्धको औषधीप्रति सर्वसाधरणमा रहेको नकारात्मक मानसिकतालाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले हात्ती पाईले रोग विरुद्धको १५ औं पटकको यस अभियानलाई सफल कपिलवस्तु उद्योग बाणिज्य संघ प्रतिवद्ध रहेको बताए । उनले अन्य सरोकारवाला निकायलाई समेत यस अभियनालाई सफल बनाउन आह्वान समेत गरे । कपिलवस्तु उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले यस अभियानको महत्व सकारात्मक तवरबाट बुझाउन सके मात्र अभियान सफल हुने बताए । कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा हात्तिपाईले रोगसंगै समग्र कपिलवस्तु जिल्लाका १० पालिकामा यसको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।जिल्लामा रहेका १० पालिकाका ६ लाख ४२ हजार जनसंख्यालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया