

त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाईे हरायो



काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायो ।
स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयो । उसका लागि लोहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयो । उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।
यो जितसँगै स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेको शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएको छ । योसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनोट खेल्ने समीकरण कठिन बनेको छ, अब उसले १ खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया