

मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोलीले भारतसँग बराबरी खेल्यो



काठमाण्डाै
पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईको जवाहरलाल नेहरु मैदानमा गएराति भएको खेलमा नेपालकी सावित्रा भण्डारीले दुई गोल गरेपछि खेल बराबरी भएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चार गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५६औं मिनेटमा भारतका सौम्या गुगुलोथले गोल गरेपछि भारतले अग्रता लिएको थियो । त्यस्तै खेलको ६८औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गरिन् । भारत २–० गोलले अगाडि रहेको अवस्थामा खेलको ९०औँ मिनेटमा सावित्राले पेनाल्टीमा गोल गरिन् ।
त्यस्तै इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल हारबाट जोगियो । यो खेलमा नेपालले पटक पटक गोल गर्ने मौका पाएको थियो तर सदुपयोग गर्न सकेन । गएको भदौमा दशरथ रङ्गशालामा भएको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आउँदो शनिवार हुनेछ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया