


संक्रमितको संख्या चिनमा भन्दा नेपालमा धेरै



नवराज बेल्वासे,असोज १९
विश्व महामारीको रुपमा रहेको कोरोना भाईरसले यति बेला विश्व नै यसको चापमा परेको छ । चिनबाट सुरू भएको कोरोना भाईरस हाल विश्वभर नै फैलिएको छ । पछिल्लो समयमा नेपालमा पनि फैलिएको कोरोना भाईरस तिव्र रुपमा संक्रमितको संख्या बढ्दै गएको छ ।
हाल नेपालमा कोरोनाको संक्रमित संख्या ८६ हजार ८ सय २३ पुगेको छ भने मृतकको संख्या ५ सय ३५ रहेको छ । संक्रमितको संख्या कोरोना भाईरसको उत्पन्न भएको थलो चिनको भन्दा करिव १ हजारले बढी हो । स्वास्थ्य मन्त्रालयका अनुसार सावधानी अपनाउन नसकेको खण्डमा नेपालमा कोरोना भाईरस नियन्त्रण बाहिर जाने चेतावनी दिई सकेको छ ।
असोज १ बाट लामो दुरीका सवारी साधन संचालनमा अाएपछि नेपालमा पनि कोरोना संक्रमितको संख्या तिव्र रुपमा फैलिएको छ । हाल चिनमा कोरोना संक्रमितको संख्या ८५ हजार ४ सय ७० छ भने जपानमा ८५ हजार ३ सय ३९ रहेको छ ।
सबै भन्दा पछिल्लो समय नेपालमा प्रवेश गरेको कोरोना भाईरस हाल अाएर चिन र जापानमा भन्दा पनि संक्रमित संख्या बढी रहेको हुदाँले पनि नेपालमा यसले भयावह रुप लिन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो समय संक्रमितको वृद्धिदर भारतमा भन्दा पनि नेपालमम बढी रहेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया