

साफ यू–२० महिला च्याम्पियनशिप : भारतलाई हराउँदै नेपाल फाइनलमा



काठमाण्डौ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ ।
ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो । एक गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एकरएक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल गरिन् ।
यो जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदो बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।
नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले हराएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया