

प्रथम उपमहानगर पालिका सम्मेलनद्धारा ७ बुँदे घोषणापत्र जारी



बुटवल । देशभरका उपमहानगर पालिकाको प्रथम भेलाले ७ बुँदे घोषणा–पत्र जारी गर्दै बुटवलमा सम्पन्न भएको छ । देशमा ११ उपमहानगर प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको प्रथम भेलाले साझा समस्या ध्यान दिँदै ७ बुँदे घोषणा पत्र जारी गरेको हो ।
भेलाले सङ्घ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई थप प्रभावकारी गर्दै २०७४ ऐन लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै उपमहानगरपालिका र महानगरपालिकाहरूका लागि सङ्घीय सांसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गरेको छ । त्यस्तै उपमहानगरपालिकाहरूका महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक, सामाजिक क्षेत्रका मौलिकताका सम्बन्धमा समस्या र सम्भावनाहरूलाई सम्मान र संशोधन गर्दै उपमहानगरहरूबिच अन्तरसम्बन्धको विकास, प्रवर्द्धन, आपसी सहयोग गर्नको लागि सब मेट्रो नेपाल नेटवर्क बनाउनेछ भेला पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
त्यसैगरी आलोपालो गरी उपमहानगर सम्मेलनलाई गर्नको निर्णय अनुसार आगामी भेला साउन महिनामा जनकपुरमा गरिने निर्णय भएको बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बताए ।
उपमहानगरपालिका छिमेकी नगरपालिका र गाउँपालिकाहरूसँग समेत हरित तथा समावेशी आर्थिक विकास, पूर्वाधार, सुशासन, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एव सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया