प्रथम उपमहानगर पालिका सम्मेलनद्धारा ७ बुँदे घोषणापत्र जारी

बुटवल । देशभरका उपमहानगर पालिकाको प्रथम भेलाले ७ बुँदे घोषणा–पत्र जारी गर्दै बुटवलमा सम्पन्न भएको छ । देशमा ११ उपमहानगर प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको प्रथम भेलाले साझा समस्या ध्यान दिँदै ७ बुँदे घोषणा पत्र जारी गरेको हो ।

भेलाले सङ्घ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई थप प्रभावकारी गर्दै २०७४ ऐन लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै उपमहानगरपालिका र महानगरपालिकाहरूका लागि सङ्घीय सांसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गरेको छ । त्यस्तै उपमहानगरपालिकाहरूका महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक, सामाजिक क्षेत्रका मौलिकताका सम्बन्धमा समस्या र सम्भावनाहरूलाई सम्मान र संशोधन गर्दै उपमहानगरहरूबिच अन्तरसम्बन्धको विकास, प्रवर्द्धन, आपसी सहयोग  गर्नको लागि  सब मेट्रो नेपाल  नेटवर्क बनाउनेछ  भेला पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

त्यसैगरी आलोपालो गरी उपमहानगर सम्मेलनलाई गर्नको  निर्णय अनुसार आगामी भेला साउन महिनामा जनकपुरमा गरिने निर्णय भएको बुटवल  उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बताए ।

उपमहानगरपालिका छिमेकी नगरपालिका र गाउँपालिकाहरूसँग समेत हरित तथा समावेशी आर्थिक विकास, पूर्वाधार, सुशासन, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एव सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता पनि  जनाएको छ ।

प्रतिक्रिया

खबर सबै