लायन्स कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पोइन्ट रगत संकलन

कपिलवस्तु

लायन्स क्लव अफ कपिलवस्तुले १३ औँ कपिलवस्तु महोत्सवको अबसरमा महोत्सव परिसर भित्र आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५० पोइन्ट रगत संकलन गरेको छ । प्रत्येक महोत्सवमा लायन्स क्लव अफ कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलक राम घिमिरेको प्रमुख आथितिया रहेको थियो ।

प्रमुख अथितिको मन्तव्य राख्दै घिमिरेले रगत अमुल्य चिज हो, यस्तो पवित्र कार्यमा सबैलाई रक्तदान गरेर पुण्य कमाउन लागि अनुरोध गर्दै क्लवको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै घिमिरेले यस क्षेत्रमा अन्य सामाजिक संघ संस्था भएपनी लायन्सको कार्यसम्पादन अनुकरणीय भएको बताउनु भएको थियो ।

कार्यक्रममा रिजन चियर पर्सन सुरेन्द्र घिमिरे,पुर्व अध्यक्ष धातानन्द भुसाल तथा लायन्स वर्ष २०२२-२३ का बोर्ड सदस्यहरुको सहभागीता रहेको थियो ।

रक्तदातालाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी, लियो क्लव अफ कपिलवस्तु, लियो क्लव अफ शुद्धोधन कपिलवस्तुको सहयोग तथा सिनर्जी बहुउदेश्यीय सहकारीको समन्वय रहेको थियो ।

कार्यक्रममा रेडक्रस तौलिहवाको प्रविधिक सहयोग रहेको थियो ।
कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता साथै कार्यक्रम संयोजक सागर घिमिरे तथा बिनोद गैरेको सञ्चालन तथा सहजिकरण कार्यक्रममा रहेको थियो ।

प्रतिक्रिया

खबर सबै