

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित



काठमाण्डाै
बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले पराजित भएको हो ।
ढाकाको मुस्तफा कमल मैदानमा भएको खेलमा घरेलु टोलीका लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाईले एक गोल गरिन्। च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले भुटानलाई १२–० गोलले हरायो ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटान सहभागी छन् । आफ्नो दोस्रो खेलमा नेपालले आइतवार भुटानसँग, मङ्गलवार भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले उपाधिका लागि बिहीवार खेल्नेछन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया