१३ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन : चर्चित गायक शर्मा आउने

कपिलवस्तु

सक्षम व्यवसायी समृन्त राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आज देखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९ को पहिलो दिन दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको छ ।

महोत्सवको दोस्रो दिन अर्थात् माघ १८ गते चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र वर्षा थापाको आगमन हुने  महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभयो ।

जिल्लाबासीको साझा पर्व महोत्सव भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

खबर सबै