

यू–१९ पुरुष क्रिकेटको राष्ट्रिय टिममा वाणगंगााका दुर्गेश गुप्ता छनौट



ईसाझाकुरा संवाददाता
नेपालले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप छनोट एसिया क्षेत्रका लागि १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रतियोगिता फेब्रुअरी २४ देखि मार्च ३ सम्म यूएईको अजमानमा हुनेछ ।
यो टिम घोषण सँगै कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका युवाले पनि स्थान पाएका छन् । वाणगंगा नगरपालिका स्थित वडा नम्बर ५ मा बस्ने दुर्गेस गुप्ता यू – १९ को राष्ट्रिय टोलिमा स्थान पक्का गरेका हुन् । घरेलु लिगमा बलिगमा हलचल मच्चाएका दुर्गेस क्यानले छनौट गरेको राष्ट्रिय टिममा परेका हुन् ।
कार्तिक महिनामा सञ्चालन भएको प्रधानमन्त्री कपमा गुप्ताले लुम्बिनीबाट प्रतिनिधित्व गर्दै खेलेका थिए ।
गुप्ता सहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपक कँडेल, हेमन्त धामी, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहराले नेपालको यू–१९ टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक जगत टमाटाले कप्तान छनोट केही समयपछि गर्ने जनाए ।
पहिलो चरणमा २८ खेलाडी छानेर प्रशिक्षण गरिएको थियो । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकमा खुम्चिएका छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले यूएई, मलेसिया, हङकङ, सिंगापुर, कुवेतसँग प्रतिस्पर्धा गर्नेछ र विजेता राष्ट्र २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छानिनेछ । नेपाल २०१६ यता यू–१९ विश्वकपमा छनोट हुन असफल रहेको छ ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया