विमान दुर्घटना : थप उद्धारको काम भोलिबाट गरिने, ६९ जनाको शव भेटियो

पोखरा

पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार भोलि मात्रै गरिने भएको छ।

राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो।

यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए। तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ।

अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ।

उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन्।

आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया

खबर सबै