

विमान दुर्घटना : थप उद्धारको काम भोलिबाट गरिने, ६९ जनाको शव भेटियो





पोखरा
पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार भोलि मात्रै गरिने भएको छ।
राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो।
यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए। तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ।
अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ।
उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन्।
आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया