

महिला राष्ट्रिय क्रिकेट आजदेखि



नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा शुक्रबारदेखि इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । पहिलोपटक क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक विप्लभ घोषले जनता क्रिकेट पार्कको मैदानमा हुने प्रतियोगिताका लागि मूल समिति गठन भएको बताए । आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी लोगो सार्वजनिक गरेको छ ।
नेपालमा महिला क्रिकेट प्रतियोगिता कम भइरहेको अवस्थामा यस प्रतियोगिताबाट नयाँ तथा पुराना खेलाडीले अवसर लिन सक्ने घोषले बताए । ‘खेलाडीको स्तर बढाउन प्रदेश १ मा विशेष गरी सुनसरीमा पनि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आवश्यक थियो,’ घोषले भने, ‘सुनसरी जिल्ला क्रिकेट संघका पदाधिकारीहरूको मिहिनेत र क्यानको सहयोगमा प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छौँ ।’ प्रतियोगिताबाट प्रदेश १ र सुनसरीबाट नयाँ प्रतिभाशाली खेलाडी उत्पादन हुने उनको भनाइ छ ।
च्याम्पियनले पाँच लाख पाउने
प्रतियोगितामा साबिक विजेता एपिएफसहित सात प्रदेशको टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । उनले प्रतियोगिताको तयारीका क्रममा अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । प्रतियोगिताका विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरले २० हजार र प्रत्येक खेलका प्लेयर अफ दी म्याचले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्न ८८ लाख ७८ हजार रुपैयाँ खर्च हुनेछ । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया