

नेपालको इतिहासमा सबैभन्दा ठूलो सफलता, पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख





काठमाडौं । नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ ।
प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा रहेको डीआरएस एरांगलमा खेलिएको अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । यसका बाबजुद प्रतिस्पर्धामा रहेका अन्य टोली पनि चुक्दा डीआरएसको दोस्रो स्थान पक्का रहेको थियो । डीआरएसले फाइनलको स्थान अनुसार २ लाख अमेरिकी डलर र त्यसअघि छनोट चरणको ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको हो ।
टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो । एसटुजीले कुल ५ लाख १० हजार अमेरिकी डलर जित्दा डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो ।
नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) १ सय १२ अंकसाथ १३ औं स्थानमा रहयो । टोलीले कुल १ लाख ३२ हजार ५ सय ९१ करोड ७५ लाख० अमेरिकी डलर प्राप्त गर्यो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि २ के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गर्यो ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया