
साना किसान कोपवाको नेतृत्व पुनः पोख्रेललाई प्रदान

रामबहादुर गन्धर्व, कोपवा । साना किसान समृद्धि कृषिको रूपान्तरण र उद्यमशीलताको बिकास भन्ने मुल नारा सहित साना किसान कृषि सहकारी संस्था लि.बाणगंगा ५ कोपवा कपिलवस्तुको नवौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशन बिहीबार सम्पन्न भएको छ।
सम्पन्न अधिवेशनबाट आगामी चार वर्षका लागि पुनः मालिका पोख्रेललाई नेतृत्व प्रदान गरेको छ भने पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
नव गठित समितिको उपाध्यक्षमा पार्वती आचार्य चयन हुनुभयो भने सदस्यहरूमा कमल अर्याल , जानकी चौधरी ,वेदप्रकाश पौडेल, राधा ज्ञावली लगाएत रहनुभएको छ । यस्तै संस्थाले पुनः सृजना अधिकारी संयोजक रहने गरि ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यमा बिष्णु ज्ञावली र रमिता आचार्य रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिदै कार्यक्रमका बक्ताहरूले सहकारीको क्षेत्रमा लगानी गरि किसानलाई उद्यमशील बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसै बिच सम्पन्न साधारणसभा अन्र्तगत संस्थाले उत्कृष्ट बचतकर्तालाई पुरस्कृत गर्नुका साथै असल ऋणी, असल पशु पालक, ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ । यस्तै २ जना उत्कृष्ट छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष पोख्रेलले बार्षिक प्रतिवेदन पेश गर्दै संस्थामा कुल शेयर सदस्य ८४५ जना आबद्व भएको जानकारी दिनुभयो । यस्तै उहाँले ९९ लाख ९२ हजार १ सय ४० रुपैँया आम्दानी भएको जनाउनुभएको छ ।
त्यस्तै लेखा संयोजक सृजना अधिकारले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ६ करोड ५७ लाख ६६ हजार ८ सय ८४ रूपियाको आर्थिक करोबार भएको बताउदै ३५ लाख ३३ हजार ९ सय २४ रूपिया नाफा भएको जानाउनुभयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मालिका पोख्रलको अध्यक्षता, प्रदेश सभासदस्य बिष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने बाणगंगा नगर उप प्रमूख रिता चौधरी, कृषि बिकास बैंक ४नं.शाखा प्रमुख रामबहादुर खत्री , मोतिपुर साना किसानका अध्यक्ष भिमप्रसाद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सृजना अधिकारीको स्वागत र व्यस्थापक रोमा खनालको सञ्चालनमा सम्पन्न भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया