

आईपिएल : तेस्रो खेलमा पराजित चेन्नई



ई–साझाकुरा, असोज १७
आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ। चेन्नईलाई शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो।
पहिलो खेलमा जित निकालेको चेन्नई त्यसपछिका तीन खेलमा पराजित भइसकेको छ। जसका कारण चेन्नई २ अंकसहित अंक तालिकाको पुछारमा छ। हैदरावाद भने चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो। जोनी वायस्टो पहिलो ओभरमा रनको खाता नै खोल्न नपाइ आउट भएका थिए। त्यसपछि कप्तान डेभिड वार्नरले २८ रन र मनिष पाण्डेले २९ रन बटुले। केन विलियमसन ९ रनमै रनआउटको सिकार भए।

त्यसपछि प्रियम गार्ग र अभिषेक शर्माले हैदरवादको इनिङ उकासे। प्रियमले २६ बलमा नटआउट ५१ रनको योगदान दिए। अभिषेकले २४ बलमा ३१ रन जोडे।
बलिङमा चेन्नईका दिपक चाहरले २ विकेट लिए।
१६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र जोड्न सक्यो।
चेन्नईका लागि रविन्द्र जडेजाले ५० रन र कप्तान महेन्द्रसिंह धोनीले नटआउट ४७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। धोनीले ३६ बलमा ४ चौका र १ छक्का हिर्काए। जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
बलिङमा हैदरावादका टी नटराजनल २ विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समादले १-१ विकेट लिए।
आइपिएलमा शनिबार दुई खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच पौने चार बजे तथा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सबीच पौने आठ बजे खेल हुनेछ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया