

नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित



काठमाण्डाै
नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे ।
लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्याे । काठमाण्डाैका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका हरमीत सिंहले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बनायाे । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले ४० र लाहिरु मिलन्थाले २५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका अजमतुल्लाह ओमरजाईले दुई विकेट लिए ।
लगातार पाँच खेल जितेकाे लुम्बिनी १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । काठमाण्डाै चार अङ्कसहित तेस्राे स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया