

धान उत्पादन साढे ३ लाख मेट्रिकटनले बढ्यो



काठमाडौं । गतवर्ष भन्दा यो वर्ष भन्दा धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे तीन लाख मेट्रिकटनले धान उत्पादन बढेको हो ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन हुने देखिएको छ । जुन गत वर्ष भन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिकटनले धेरै हो ।
आर्थिक वर्ष (आव) २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गतवर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष भन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया