

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार



काठमाण्डौँ
एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।
धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकी छिन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरिसकेका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया