

रुपन्देहीका डिएसपी के.सी घुस लिएको आरोपमा सिआइबिको नियन्त्रणमा




बुटवल । सुन कारोबार सम्बन्धी मुद्दामा रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुटवलमा एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर फिर्ता गर्न २५ लाख रकम मागेको आरोपमा डिएसपी केसी पक्राउ परेका हुन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले आइतबार राती साढे ८ बजेतिर निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो।
सिआइबीको टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ पनि बरामद गरेको छ। केसीलाई अहिले प्रहरीको निगरानीमा बुटवल स्थित क्वाटरमै राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर राखेको र फिर्ता गर्न २५ लाख रकम मागेको आरोप केसी माथि लागेको थियो। सुन नियन्त्रणमा लिएर मोटो रकम मागेको र पैसा बुझेपछि पनि बरामद सबै सुन फिर्ता गर्न आनाकानी गरेपछि घटना प्रहरीको केन्द्रीय कार्यालय सम्म पुगेको थियो।
सुराकीको आधारमा छानबिनका लागि प्रहरी प्रधान कार्यालयले सिआइबिको टोली बुटवल खटाएको थियो। श्रोतका अनुसार छानबिनकै क्रममा अवैध सुन कारोबारमा संलग्न व्यवसायीहरूको निगरानी गर्ने र ती व्यवसायीसँग पैसा असुली गर्न सघाउने एक जना व्यक्ति पक्राउ परे। त्यस्तो काममा संलग्न भनिएका खिलेन्द्र जीसीलाइ सिआइबिको टोलीले बुटवल स्थित कालिकानगरमा रहेको महाराजा रिर्सोट नजिकैबाट आइतबार पक्राउ गरेको थियो।
खिलेन्द्रले बोकेको झोलाबाट ३५ तोला सुन र ९ लाख ५० हजारको चेक सिआइबीको टोलीले बरामद गर्यो। खिलेन्द्र सँग निरन्तर सम्पर्कमा देखिएका डिएसपी केसीको निवासमा सिआइबीको टोली आइतबारै राती साढे ८ बजे तिर पुगेको थियो।
टोलीले केसीको निवासबाट ८ लाख ५० हजार नगद बरामद गर्यो ।बरामद सुन बुटवलको बिपी चोकमा रहेको फोट्र्टीनाइन ९४९० गोल्ड ट्रेड का संचालक किसान विश्वकर्माको भएको केसीले छानबिन टोलीलाई बताएको प्रहरीले जनाएको छ।
खिलेन्द्रले ब्ल्याकको सुन खरिद गर्ने व्यवसायी र केसी बिच सुराकीको काम गर्ने गरेको श्रोतको दाबी छ। बजारको माग अनुरूप सुनको कोटा नपाएपछि व्यवसायीहरूले ब्ल्याकमा सुन खरिद गर्ने गरेको र त्यसको फाइदा उठाउँदै डिएसपी केसीले यसअघि पनि त्यस्ता व्यापारीसँग रकम असुल्ने गरेको श्रोतको दाबी छ।
प्रहरी प्रधान कार्यालयले केसीको निलम्बनको तयारी भइरहेको जनाएको छ। डिएसपीको हकमा बढीमा ६ महिना सम्म निलम्बनमा राख्ने प्रावधान अनुरूप केसीलाई निलम्बनमा राखी आवश्यक छानबिन तथा कारबाही प्रक्रिया अगाडी बढाउने तयारी गरिएको प्रहरीका एक जना अधिकारीले बताए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया