

बाणगंगाको सिद्धार्थ सहकारीद्धारा २४औं साधारण सभा सम्पन्न





कपिलवस्तु । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। वाणगंगा ४ मा अवस्थित उक्त सहकारी नगरमै सबै भन्दा धेरै सदस्य भएको पुरानो सहकारी संस्था हो ।
गाउँ घरमा गरिब विपन्न समुदायलाई संगठित गरी आर्थिक सामाजिक कार्यमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको सिद्धार्थ बचत तथा ऋण सहकारीको ५ हजार बढी सदस्य रहेका छन् । महिलाहरुको बाहुल्य रहेको सिद्धार्थ सहकारीले बिभिन्न प्रकारका निक्षेप संकलन, सदस्यहरुको व्यवसायिकता, सिप विकास र उद्यमशिलतालाई प्रवर्धन गरिरहेको छ । ग्रामीण महिलाहरुको वित्तिय समाधानको पहिलो रोजाई बनेको सिद्धार्थ सहकारीले नगरपालिका भित्रका १ सय १४ वटा समुह मार्फत आयआर्जन, घरायसी कामकाज, ऋण लगानी, बचत, आर्थिक गतिविधि लगायतका नयाँ प्रविधिबाट सेवा प्रवाह गरेको व्यवस्थापक हरिलाल शर्माले बताउनुभयो । उहाँले सहकारीले पारस्परिक सम्बन्ध कायम गर्दै स्वावलम्बी बनाउने तर्फ जोड दिएकोले सबै सदस्यहरुको क्रियाशीलता बढाउनु पर्ने आवश्यक भएको बताउनुभयो ।
साधारण सभामा व्यवस्थापक शर्माले हाल सम्मको सहकारीको कुल २१ करोड बढीको पुँजी रहेको छ भने गतबर्ष झण्डै १६ करोड बराबरको निक्षेप संकलन र साढे २ करोड बढीको शेयर पूँजी रहेको जानकारी दिनुभयो।
सभाका प्रमुख अथिति लुम्विनी सहकारी संघका लेखा समितिका संयोजक तेज प्रसाद आचार्यले सहकारीहरुले उद्यमशीलतामा जोड दिएर समूहहरुमा उत्पादन, आयआर्जन र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने वताउनुभयो।
कार्यक्रममा सहकारीकि संस्थापक अध्यक्ष योगमाया पौडेल, पूर्व अध्यक्ष टीकाराम पौडेल, सरितादेवि ढकाल, निवर्तमान अध्यक्ष सुर्य कुमारी शाही, एस.एस.डी.सीका उपाध्यक्ष तिलोचन घिमिरे, जिसस सदस्य सुमित्रा परियार, पूर्व लेखा संयोजक कविराज भुसाल लगायतले सदस्यलाई लाभांश दिदैं सहकारीको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
सहकारीकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता तथा सचिव अम्विका थापाको सञ्चालनमा सम्पन्न साधारण सभामा उपाध्यक्ष प्रकाश घिमिरेले स्वागत गर्नुभएको थियो । सभामा लेखा समितिको प्रतिवेदन संयोजक देवकला कमाल सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया