

अन्नपूर्ण विद्या मन्दिर कोपवामा अभिभावकका लागि खेलकुद प्रतियागिता

कपिलवस्तु । श्री अन्नपूर्ण विद्या मन्दिर मा. वि. कोपवा ५ कपिलवस्तुमा अभिभावकहरुका लागि खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अभिभावक र विद्यालयबिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्य राखी खेलकुद कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा वाणगङ्गा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले विद्यालयले अभिभावकहरुका लागि कार्यक्रम गरेर अभिभावकसँगको सम्बन्ध प्रगाढ बनाउन सराहनीय कार्य गरेको बताउनुभयो । उहाँले विद्यार्थीको गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालय एक कदम अगाडी रहेको स्पष्ट पार्नुभयो ।
यस्तै कार्यक्रममा वाणगङगगा नगर प्याब्सन अध्यक्ष तथा ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक सुरेन्द्र पाण्डेले विद्यालयले अभिभावकहरुका लागि खेलकुदका कार्यक्रम आयोजना गरेर छुट्टै पहिचान बटुल्न सफल भएको बताउनुभयो ।
यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक भरतराज न्यौपाने, रामवली चौधरी, एस। क्यु। सि । मास्टर ट्रेनर मिलन भण्डारी, गोपाल शर्मा लगायतले आ आफ्ना धारणा राख्नुभएको थियोे ।
खेलकुद प्रतियोगितामा स्लो साइकल रेस, घैटो फोड प्रतियोगिता र म्युजिकल चियरमा अभिभावकहरुले प्रतिस्पर्धा गर्नुभएको थियो । तिनवटै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । खेलकुद प्रतियोगिता निकै रोचक तरिकाले सम्पन्न भएको थियो ।
विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता, सह प्रधानाध्यापक हरिनारायण चौधरीको स्वागत मन्तब्य तथा वरिष्ठ लेखापाल कपिल घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया