

अर्जेन्टिनाका लागि १७१ खेलमा ९६ गोल गरेका लियोनल मेस्सी

एजेन्सी । कतार विश्वकपका गोल्डेन बुटका दावेदार खेलाडी हुन् लियोनल मेस्सी । उनले यो विश्वकपमा ६ खेल खेल्दै ५ गोल र ३ असिस्ट उपलब्ध गराएका छन् ।
विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सी फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि उचाल्ने दाउमा छन् ।
सन् २०१४ मा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिनाले उपाधि उचाल्न सकेन । मेस्सीले सात वर्षपछि कोपा अमेरिका जितेर ठुलो सान्त्वना प्राप्त गरे । राष्ट्रिय टोलीबाट मेस्सीको त्यो पहिलो उपाधि थियो ।
मेस्सी अहिले पनि विश्वकप उपाधिको नजिक छन् । सम्भवतः मेस्सीका लागि यो अन्तिम र विशेष विश्वकप हुनसक्छ । मेस्सीको पछिल्लो फर्मलाई हेर्दा उनी उत्कृष्ट खेलाडीको पक्षबाट कुनै रूपमा कम छैनन् । उनको असिस्ट गर्ने क्षमता र बललाई खेलाउने क्षमता अझै पनि युवा अवस्थाको जस्तै छ ।
मेस्सीले अर्जेन्टिनाका लागि सन् २००५ देखि अर्जेन्टिनाका लागि १७१ खेल खेलेर ९६ गोल गरेका छन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया