

कपिलवस्तुमा आँखाको बिरामी संख्यामा वृद्धि





कपिलवस्तु । कपिलवस्तु जिल्लामा दृष्टिविहिनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाका दशवटा पालिका गरिएको जाँचबाट आँखाको बिरामी संख्यामा वृद्धि भएको देखिएको हो । नेपाल नेत्रज्योती संघको आँकडाअनुसार जिल्लामा आँखाको बिरामीहरूको संख्या उच्च देखिएको छ ।
आँखा रोगका बिरामी बढेपछि दृष्टिविहीन हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको विरामीहरू रहेको पाइएको छ । शिवराजमा १ हजार ६ सय ७९ जना आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ ।
यस्तै वाणगङ्गा नगरपालिकामा १ हजार ६ सय २४ जना, बुद्धभूमि नगरपालिकामा १ हजार ४ सय २९, कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८, महाराजगञ्ज नगरपालिकामा १ हजार २ सय ६ जना आँखाको बिरामी रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै जिल्लाको मायादेवी गाउँपालिकामा १ हजार ६१ जना, शुद्धोधन गाउँपालिकामा ९ सय ९४, यसोधरा गाउँपालिकामा ८ सय १३ र विजयनगर गाउँपालिकामा ८ सय १३ जना आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए ।
थापाले विभिन्न समयमा गरिएको जांँचबाट बिरामीको तथ्याङ्क प्राप्त भएको बताए । उनले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने समेत बताए । पालिकास्तरमा बिरामीहरूको उपचारको लागि सहयोगको याचना गरिरहेको समेत उनले उल्लेख गरे ।
त्यस्तै नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालले स्थापनाकालदेखि अहिलेसम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । उनले बजेटको अभावमा उपकरण खरिद गर्न नसक्दा उपचारमा समस्या सिर्जना भइरहेको पनि उल्लेख गरे ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया