कपिलवस्तुमा ई–सेवाको छलाङ्, धमाधम एजेन्सी सगँ सम्झौता

नवराज बेल्वासे, असोज १५ कपिलवस्तु
नेपालको पहिलो अनलाईन भुक्तानि प्रदायक कम्पनी ई–सेवाले कपिलवस्तु छुटै पहिचान बनाएको छ । खर्चलु समयमा लाई अनलाईनको सुविधा सहित आम ग्राहकलाई छिटो, छरितो सेवा पुराउदै ग्राहकको नजरमा एक नम्बरमा पर्न सफल रहेको छ ई–सेवा ।
यसैबिच आज कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको आर.आर केवल नेट्वोर्क सगँ अनलाईन भुक्तानिको लागि सम्झौता गरेको छ । आर.आर केवल कृष्णनगर देखि बहादुरगज सम्म झण्डै ५०० ग्राहक रहेका छन् ।
आम ग्राहकको समय बचत गर्ने तथा कोरोना महामारीको बिचमा ग्राहकहरुको सुरिक्षाको लागि पनि अबको कारोबार अनलाईनमा आवश्यक रहेको आर.आर केवलले जनाएको छ ।
कपिलवस्तु ई–सेवा सेन्टरका सञ्चालक खिम क्षेत्रीले अब कपिलवस्तुका हरेक क्षेत्र अनलाईन हुने कुरा बताउनु भएको छ । ई–साझाकुरा सगँ कुरा गदैँ क्षेत्रीले भन्नुभयो , अन्य अनलाईनको तुलनामा ई–सेवाको सेवाहरु धेरै तथा सहज रुपमा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

खबर सबै