

बाबुराम, वैद्य र विप्लवसँगको विवाद मिलाएर जान सकिने प्रचण्डको भनाई



असोज १५, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्। तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।
कम्युनिष्टहरू एकै पार्टीमा बसेर बहस गर्ने गर्छन्। छलफल संघर्ष रुपान्तर र नयाँपन पार्टीमा चलिरहन्छु, उनले भने, चीनका नेताले भन्थे, तिमी बुर्जुवाहरु टुक्रा टुक्रा हुँदा पनि हामी कम्युनिष्ट एकै छौँ। नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएर हामीले दुःख पाएका हौँ।
अध्यक्ष दाहालले कम्युनिष्टहरू विभाजित भएकैले समस्या भएको उल्लेख गरे। ुहामी विभाजित भएकैले समस्या भयोु, उनले भने, ुकम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ। कम्युनिष्ट एकताको तागत हामीले विश्वलाई देखाइसकेका छौं।ु अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको बताए।
उनले फुटेर गएका नेताहरुलाई पनि मूलधारमा फर्किन आह्वान गरेका छन्। ुअरु जनमत पनि हामीसँग जोडिन आएको छु, उनले भने, ुअब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया