

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित, शृङ्खलामा नेपाल जितविहीन

काठमाण्डाै
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाकाे चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे एक सय २० रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका लागि क्रिस्टाेफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।
यसअघि नामिबियाकाे युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई/दुई विकेट लिए ।
याेसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएकाे छ । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएकाे थियाे । दाेस्राे खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस्तै तेस्राे खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएकाे थियाे ।
सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २४ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया