

सरकार गठनका यी दस विकल्प खुला



काठमाडौँ
आमनिर्वाचन २०७९ को प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी गर्दैछ। प्रत्यक्षतर्फको पूर्ण र समानुपातिकको प्रारम्भिक नतिजाले प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नहुने देखाएको छ।
यसैबीच राजनीतिक दलले सरकार गठनको कसरत तीव्र पारेका छन्। बहुमतको सरकार गठनका लागि दलहरूले विभिन्न समीकरण नै गर्नुपर्ने अवस्था रहेको छ। २७५ सदस्य रहने प्रतिनिधि सभामा बहुमतको सरकार गठनका लागि आवश्यक न्यूनतम सङ्ख्या १३८ हुनेछ। संसद्मा १२ राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। पाँच जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् तर कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा सरकार गठनका लागि कम्तीमा दुई ठूला दल र बढीमा सात दलबीच सहकार्य हुने १० विकल्प देखिन्छन् ।
पहिलाे विकल्पमा, सत्तामा रहेका र चुनावमा पनि गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोसपा र राष्ट्रिय जनमोर्चाबीच नै तालमेल भए पाँच दलबाट निर्वाचित सांसदको सङ्ख्या १३६ पुग्नेछ। यो गठबन्धनलाई बहुमतका लागि न्यूनतम थप दुई सांसद आवश्यक पर्छ। यस अवस्थामा स्वतन्त्र निर्वाचित पाँच जना सांसद निर्णायक हुन सक्छन्। जसमध्ये तीन जना मधेश प्रदेशबाट निर्वाचित छन्। पाँच स्वतन्त्रमध्ये कुनै दुईले समर्थन गरे यस विकल्पमा बहुमत पुग्न सक्छ तर वर्तमान सत्ता गठबन्धनमा जोडिन अन्य दलसमेत इच्छुक देखिएका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने बताउनुभएको छ । यस्तो अवस्थामा स्वतन्त्रको समर्थनबाहेकको विकल्पसमेत रहनेछ। अन्य विकल्पबारे विस्तृतमा अाजकाे गाेरखापत्र दैनिकमा समाचर छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया