मोतिपुर स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सम्मान गरी ‘स्वयम्सेविका’ दिवस मनाइयो

कपिलवस्तु । कपिलवस्तुको मोतिपुर स्वास्थ्य चौकीले आज १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई सम्मान गरेर दिवस मनाएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको प्रतिबद्धता स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता भन्ने मूल नाराका साथ स्वयमसेवीका दिवसको अवसरमा आज स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा लिन आएका ३० देखि ४० जना सेवाग्राहीहरुलाई टिका लगाएर उनीहरुको स्वस्थ्यलाभको कामना सहित कार्यक्रम गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयमसेवीका पार्वती पुरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर ८ का वडा सदस्य जुना चौधरीको प्रमुख आतिथ्यतासहित स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरको सहजिकरण रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमूख घिमिरेले कपिलवस्तु जिल्लामा उत्कृष्ट हुँदै पहिलो नम्बरको स्वास्थ्य चौकी बनाउन महिला स्वास्थ्य स्वयमसेवीकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । यस्तै उहाँले मातृशिशु मृत्युदरमा कमि ल्याउन होस वा स्वास्थ्यका सूचकहरु पुरा गर्नहोस हरेक काममा निःस्वार्थ सेवामा रहने सबै महिला स्वास्थ्य स्वयम्सेवीकाहरु आफ्नो क्षेत्रमा अहोरात्र खटिएको समेत बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य जुना चौधरी सहित स्वास्थ्य स्वमसेविका गंगा कडेल, मोतिपुर स्वास्थ्य चौकीका अहेव सुन्दरा के.सी लगाएतले दिवसको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

खबर सबै