

प्रथम बाणगंगा नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी कर्मचारी समुहले जित्यो

राधा पाण्डे , कपिलवस्तु । सञ्चारीका समुह नेपाल कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोग तथा समन्वयमा सुरु भएको प्रथम बाणगंगा नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्मचारी समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै दोस्रो र तेस्रो स्थान पनि वाणगङगा नगरपालिकाकै कर्मचारि समुहले हात पारेको छ भने खेलमा सान्त्वना स्थान जनप्रतिनिधि समुहले लिन सफल भयो ।
खेलकुद अनुशासन र राष्ट्रभक्ति, समृद्ध बाणगंगा नगरका लागि स्वस्थ जनशक्ति’ भन्ने मूल नाराका साथ ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाणगंगा नगरपालिका बुद्ध रंगशालामा आयोजित प्रतियोगितामा आजको खेल निकै रोचक देखिएको थियो । आज १७ गते सेमि फाइनल र फाइनलका जम्मा ८ टिमको प्रतिस्पर्धा रहेको थियो ।
प्रतिस्पर्धामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारि, सञ्चारीका समुह, विभिन्न सहकारी, विद्यालय तथा संघ संस्थाबाट महिला खेलाडीहरुले प्रतिनिधित्व गरेका थिए ।
जम्मा १६ टिमको सहभागीता रहेको उक्त नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिताका अन्तिम खेल निकै उत्साहजनक थिए । खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले नगद, मेडल, शिल्ड, र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया