

अख्तियारद्वारा दाङका तत्कालिन प्रमुख इन्जिनियर पाण्डेसहित ६ जनाउपर मुद्दा दायर

दाङ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध सल्यानको त्रिवेणी गाउँपालिका–१ मा रहेको रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफू अनुकुल इष्टिमेट चेन्ज गरी सडक निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।
निवेदनमाथि अनुसन्धान हुँदा डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर पाण्डे¸ तत्कालिन इन्जिनियर सन्तोषकुमार यादव¸ तत्कालिी सब इन्जिनियर नारायण ओलीसमेतले सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित भेरिएसन स्वीकृत नगरी बदनियतपूर्वक जथाभावी निर्माण गरेको फेला परेको हो ।
आफूखुसी मूल्याङ्कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजाइन विपरित उपभोक्ता समितिलाई ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बढी भुक्तानी दिई सरकारलाई हानिनोक्सानी पु¥याईको पाइएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूबाट ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना र सजायको माग गरेको छ ।
साथै, रिखेबगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी समेतले सम्झौताविपरित काम गरेको र आवश्यकताभन्दा बढी भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया