

मतदान अधिकृतको हस्ताक्षर बिनाको मत भेटिए पछि ईलाममा रोकिए मतगणना




काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना राेकिएकाे छ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
झन्डै साढे ६ सय मतमात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना राेकिएकाे हो । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताएको छ ।
अहिले इलाम २ मा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले २९ हजार १ सय ३५ मत ल्याएर अग्रता बनाउनुभएको छ भने कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मतसहित नेम्वाङलाई पछ्याइरहनुभएको छ ।


खबर सबै
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी











प्रतिक्रिया