विश्वकप फुटबल: आयोजक कतार समुह चरणबाटै बाहिरिँदा चार टीमले बाँढे अंक

दोहा

कतारमा जारी फिफा विश्वकप फुटबलमा शुक्रबार खेलिएका चार खेलमध्ये दुई खेलको नतिजा निस्किएको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।

शुक्रवार राति खेलिएको खेलमा आयोजक कतारलाई सेनेगलले ३–१ गोल अन्तरले पराजित गरेको छ । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए ।

खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पूर्याए । त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो । यस समूहबाट आयोजक कतार लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ ।

नेदरल्यान्ड्स र इक्वेडरको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो ।

यस बराबरी खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियो । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले दुई खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको इक्वेडर ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

शुक्रबार रातिके अर्को खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एकरएक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम राखेका छन् । समूह बीमा इंग्ल्याण्ड र अमेरिकासँगै इरान र वेल्स रहेका छन् । समूहका हरेक टोलीले दुईरदुई वटा खेल खेलिसकेका छन् । अहिलेसम्म इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित र अमेरिकासँग गोलरहित बराबरी गरी ४ अङ्क बनाएको छ ।

त्यस्तै इरानले इंग्ल्याण्डसँग पराजय बेहोरे पनि वेल्सलाई २–० ले पराजित गरी ३ अङ्क बटुलेको छ भने अमेरिकाले वेल्ससँग १–१ तथा इंग्ल्याण्डसँग गोलरहित बराबरी गरी २ अङ्क बनाएको छ । वेल्स भने इरानसँग हार र अमेरिकासँग बराबर खेली १ अङ्क मात्र बनाएको छ । अब यही मंसिर १४ गते बुधबार इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीच हुने खेलले अन्तिम १६ मा पुग्ने दुई टोलीको निर्धारण हुनेछ । दुवै खेल एकै समय राति १२स्४५ मा हुनेछ ।

वेल्सविरुद्ध इरानको जीत

शुक्रवारको पहला खेलमा ईरानले वेल्सलाई पराजित गरेर आफ्नो पहिलो जीत हासिल गरेको छ । ईरानले ग्रुप बी मा वेल्सविरुद्ध निर्धारित समयपछिको इन्जरी समयमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो । यो जीतसंगै ईरानले तीन अंक पाएको छ । वेल्सको भने दुई खेलबाट एकमात्र अंक छ ।

यो खेलमा ईरानका रुबेज चेश्मीले खेल समाप्त हुनुभन्दा एक मिनेट अघि गोल गर्दै आफ्नो टीमलाई विजयी गराएका हुन् । उनले इन्जरी समय ९९० प्लस ८ औं० मा गोल गरेर वेल्सलाई स्तब्ध बनाएका हुन् । उनको यो गोल यसकारण पनि विशेष रह्यो, किनभने यो विश्वकपमा पेनाल्टी एरियाभन्दा बाहिरको यो पहिलो गोल हो । अहिलेसम्म जति पनि गोल भएका छन्, सबै पेनाल्टी एरिया भित्रैबाट भएका छन् ।
पहिलो गोल गर्ने बित्तिकै ईरानको टीम रोकिएन । उसले अर्को एउटा गोल गर्यो । रमीन रजियानले पनि इन्जरी समय ९९० प्लस ११० मा गोल गरेर टीमलाई २० को जीत दिलाए ।

यसअघि वेल्सका गोलकीपर वेन हेनेसीलाई ८६ औं मिनेटमा रेडकार्ड देखाइयो । उनले इरानका स्ट्राइकर तरेमीलाई बक्सभन्दा बाहिर रोक्नका लागि खतरनाक तरिकाले आफ्नो खुट्टा उठाएका थिए । यसरी हेनसीसहित वेल्सका थप एक खेलाडीले मैदान छाड्न परेको थियो । हेनेसीले रेड कार्ड पाएपछि उनको स्थानमा डेनी वार्ड मैदानमा उत्रिए । वार्डका लागि एरोन रामसले मैदान छाडेका थिए ।

वेल्सका वेन हेनेसी विश्वकप इतिहासमा रेड कार्ड खाने तेस्रो गोलकीपर बनेका छन् । उनी भन्दा अघि सन् १९९४ मा इटलीका गोलकीपर जियानलुक पेगलिउकालाई नर्वेविरुद्धको खेलमा रेर्ड कार्ड देखाइएको थियो भने दक्षिण अफ्रीकाका इटुमेलेंग कूनेलाई उरुग्वेविरुद्ध सन् २०१० को विश्वकपमा रेड कार्ड देखाइएको थियो ।

प्रतिक्रिया

खबर सबै