

पाल्पा २ (२) मा माओवादी केन्द्रका तुलाराम विजयी


पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलराम घर्तीमगर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गरेका छन् । घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट वाम गठबन्धनबाट विजयी भएका थिए । यसपटक भने एकीकृत समाजवादी, कांग्रेस, जनमोर्चालगायतको गठबन्धनबाट विजयी भएका हुन् । नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका घर्ती तिनाउ गाउँपालिका ३, दोभान क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
क्षेत्र २ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चक्रपाणि पौडेलले ८ सय ९०, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया