

विश्वकप विजेतालाई ४२ करोड डलर दिने फिफाले कसरी कमाउँछ पैसा?



एजेन्सी
सबैले खरिद गर्न चाहेको सामान कम मूल्यमा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने व्यापारबाट छिट्टै र धेरै आम्दानी लिन सकिन्छ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को व्यापार मोडल ठ्याक्कै यही हो।
फिफाले आयोजक राष्ट्रलाई पैसा दिन्छ। खेलाडी तथा विजेतालाई पुरस्कार, उनीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ भने प्रत्येक खेलाडीलाई ३ लाख ७० हजार डलर पनि दिन्छ।
साथै विश्वकपमा प्रयोग हुने अन्य जनशक्ति र क्लबाट खेलाडीलाई विश्वकप खेल्न पठाएबापत फिफाले ६३ देशका ४६१ क्बललाई सहयोग पनि गर्छ। क्लबलाई वितरण गर्न फिफाले २० करोड डलर छुट्टाएको छ।
फिफाले खेलमा सहभागी ३२ वटै राष्ट्रलाई पैसासमेत दिन्छ। ठूलो खर्चका बाबजुद पनि फिफाले मनग्य मुनाफा आर्जन गर्छ।
सन् २०१८ मा फिफाले रूसले विश्वकपको आयोजना गरेको थियो। त्यहाँबाट उसले ६ अर्ब ४० करोड डलर आर्जन गर्यो।
फिफाले सबैभन्दा बढी रकम विश्वकप प्रसारणको अनुमतिबाट लिने गर्छ। फिफाले आर्जन गरेको पैसाभन्दा ४ अर्ब ६० करोड डलर प्रसारण अधिकार बिक्रीबाटै आर्जन भएको थियो।
फिफा विश्वकप ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान छ। यो खेलमा विज्ञापन राख्न ब्राण्डहरूले फिफालाई पैसा बुझाउनुपर्छ।
फिफाले २०१८ को संस्करणमा विज्ञापनबाट १ अर्ब ६६ करोड डलर आर्जन गरेको थियो। साथै टिकटबाट पनि फिफाले पैसा आर्जन गर्छ।
सन् २०१८ मा फिफाले टिकटबाट ७० करोड १२ लाख डलर आर्जन गरेको थियो।
फिफाले ब्रान्डहरूलाई आफ्नो नाम प्रयोगको इजाजत दिएर पनि आम्दानी गर्छ। फिफाको नाम प्रयोग गरेर गेम उत्पादन गर्ने कम्पनीहरूबाट वार्षिक १५ करोड रूपैयाँभन्दा बढी आर्जन गर्छ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया