

कपिलवस्तुमा ५७ कैदीबन्दीले मतदान गर्न पाउने





कपिलवस्तु । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीमध्ये ५७ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका ४ सय ५० बढी कैदीबन्दी मध्ये ५७ जनाले मात्रै यसपटक निर्वाचनमा मतदान गर्न पाउने भएका हुन ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालयको व्यवस्था अनुसार कपिलवस्तु कारागारमा रहेका ५७ जनाको मात्रै मतदाता नामावलीमा नाम समावेश भएको र उनीहरुले मात्रै मतदान गर्न पाउने कारागारले जनाएको छ ।
कार्यालयका जेलर मनोज कुमार सैनीका अनुसार कपिलवस्तु कारागारबाट यसपटक मतदान गर्ने सबै पुरुष कैदीहरु रहेका छन् । उनीहरुलाई निर्वाचनका दिन कारागार परिसरमै अस्थाइ मतदान केन्द्र स्थापना गरी मतदानको व्यवस्था गरिने जेलर सैनीले जानकारी दिएका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया