

लायन्स कपिलवस्तुद्धारा ‘पिस पोष्टर कन्टेस्ट’ प्रतियोगिता सम्पन्न





कपिलवस्तु । लायन्स कपिलवस्तुको पिस पोष्टर कन्टेस्ट प्रतियोगितामा बाणगंगाको ज्ञानपुञ्ज बोर्डिङ स्कूल प्रथम भएको छ ।
आज हिल्र्बट इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा ज्ञानपुञ्जले पहिलो स्थान लिएको हो । लायन्स क्लव अफ कलिवस्तुले आयोजना गरेको यो प्रतियोगितामा १७ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । सम्पन्न कर्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता तथा कार्यक्रम सँयोजक नवदत्त घिमिरेले स्वागत साथै कार्यक्रमका वारे प्रकाश पारेका थिए ।
कार्यक्रममा हिलबर्ट बोर्डिङ स्कूलका एम डी बुद्धि पौडेलको प्रमूख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथि रिजन चियर पर्सन सुरेन्द्र घिमिरे रहेका थिए । यस्तै सम्पन्न प्रतियोगितामा आर्टिस्ट होमेश घिमिरे र प्रकाश भुसाल निर्णयक मण्डलको भुमिका रहेको थियो । यस्तै सहभागी बिद्यालयका तर्फबाट होराइजन सिद्धिपुरका शिक्षक पदम ढुङ्गानाले शुभकामना दिनुभएको थियो ।
सहभागी १७ बिद्यालय मध्ये ज्ञानपुञ्जकी छात्रा रोशनी गाह प्रथम भएकी हुन भने दोस्रोमा हथौसा लिटिल स्टार बोडिग स्कुल भएको छ भने तेस्रो स्थान ओदारी मा वि जितेको छ । कार्यक्रम लायन्स सचिव शान्तराज गैरेको संचालनमा सम्पन्न भएको हो । ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया