लायन्स कपिलवस्तुद्धारा ‘पिस पोष्टर कन्टेस्ट’ प्रतियोगिता सम्पन्न

कपिलवस्तु । लायन्स कपिलवस्तुको पिस पोष्टर कन्टेस्ट प्रतियोगितामा बाणगंगाको ज्ञानपुञ्ज बोर्डिङ स्कूल प्रथम भएको छ ।
आज हिल्र्बट इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा ज्ञानपुञ्जले पहिलो स्थान लिएको हो । लायन्स क्लव अफ कलिवस्तुले आयोजना गरेको यो प्रतियोगितामा १७ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । सम्पन्न कर्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता तथा कार्यक्रम सँयोजक नवदत्त घिमिरेले स्वागत साथै कार्यक्रमका वारे प्रकाश पारेका थिए ।

कार्यक्रममा हिलबर्ट बोर्डिङ स्कूलका एम डी बुद्धि पौडेलको प्रमूख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथि रिजन चियर पर्सन सुरेन्द्र घिमिरे रहेका थिए । यस्तै सम्पन्न प्रतियोगितामा आर्टिस्ट होमेश घिमिरे र प्रकाश भुसाल निर्णयक मण्डलको भुमिका रहेको थियो  ।                                                                      यस्तै सहभागी बिद्यालयका तर्फबाट  होराइजन सिद्धिपुरका शिक्षक पदम ढुङ्गानाले शुभकामना दिनुभएको थियो ।

सहभागी १७ बिद्यालय मध्ये ज्ञानपुञ्जकी छात्रा रोशनी गाह प्रथम भएकी हुन भने दोस्रोमा हथौसा लिटिल स्टार बोडिग स्कुल भएको छ भने  तेस्रो स्थान ओदारी मा वि  जितेको छ ।                                                    कार्यक्रम लायन्स सचिव शान्तराज गैरेको संचालनमा सम्पन्न भएको हो । ।

प्रतिक्रिया

खबर सबै