

पाल्पामा देउसीभैलोबाट उठेको रकमले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइयो


पाल्पा । पाल्पामा देउसीभैलोबाट उठेको रमकले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइएको छ ।
विशाल बजार तानसेन पाल्पाको देउसीभैलो समूहले दमकडा नमुना विद्यालयका आँखा नदेख्ने २४ जना विद्यार्थीलाई एक छाक खाना खुवाएको समूहका संयोजक बृहस्पति राना मगरले जानकारी दिनुभयो ।
देउसीभैलोबाट उठेको एक लाख बढी रकमबाट छुट्याएको १६ हजार रुपैयाँ दृष्टिविहीन विद्यार्थीलाई खाना खुवाउँदा खर्च भएको जानकारी दिँदै संयोजक रानाले अन्य पैसासमेत यस्तै सामाजिक हितमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागी विशाल बजारका समाजसेवी डिलबहादुर रानाले विद्यार्थीका लागि ६ हजार, विद्यालयको अक्षयकोषका लागि कालिका फेसहाउस तानसेनका सञ्चालक धनबहादुर बुढाथोकीले १० हजार र विशाल बजारकै धर्म गाहाले ६ हजार रुपैयाँ नगद विद्यालयका प्राचार्य मोहन सापकोटालाई हस्तान्तरण गर्नुभयो ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया