
शनिबार रातिदेखि बाँकेमा पुनः लकडाउन गरिदै

साउन १६ बाँके बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्ने भएको छ। सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिबार राति १२ बजेदेखि मंगलवार बेलुकीसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यायले बताए। उनले त्यसपछिको परिस्थिति हेरेर फेरि लकडाउन गर्न सकिने बताए। शनिबार राति लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुन्छ। लकडाउनको उलंघन गर्नेलाई कडा कारवाही हुन्छ,’ उनले भने। उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए। शुरुमा चार दिनका लागि लकडाउन हुन्छ। त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा बिहीबारसम्म ११, यातायात कार्यालयका एक, त्रिभुवन चोकस्थित मिठाई पसलका एक र उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १६ जनामा कोरोना देखिएपछि लकडाउन गर्न बाध्य भएको प्रजिअ कुरुम्बाङले बताए।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया