

शनिबार रातिदेखि बाँकेमा पुनः लकडाउन गरिदै



साउन १६ बाँके बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्ने भएको छ। सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिबार राति १२ बजेदेखि मंगलवार बेलुकीसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यायले बताए। उनले त्यसपछिको परिस्थिति हेरेर फेरि लकडाउन गर्न सकिने बताए। शनिबार राति लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुन्छ। लकडाउनको उलंघन गर्नेलाई कडा कारवाही हुन्छ,’ उनले भने। उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए। शुरुमा चार दिनका लागि लकडाउन हुन्छ। त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा बिहीबारसम्म ११, यातायात कार्यालयका एक, त्रिभुवन चोकस्थित मिठाई पसलका एक र उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १६ जनामा कोरोना देखिएपछि लकडाउन गर्न बाध्य भएको प्रजिअ कुरुम्बाङले बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया