

कपिलवस्तु १ : गठबन्धनका उम्मेद्धार खनाल घरदैलोमा व्यस्त





कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा–१ का उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ले मतदाता भेटघाटलाई तिव्र दिइरहेका बेला जिल्लाका पुराना योनजाको पूर्णता र शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारलाई प्रथामिकतामा राख्ने बताएका छन् ।
निर्वाचन तयारी सहित मतदाताका भेटघाटमा हिडिरहेका उम्मेद्धार खनालले आफू संसदमा पुगेपछि र मन्त्री भएपछि जिल्लामा ल्याएका आयोजनाहरु केही अझै अधुरै रहेको भन्दै ति आयोजनाको पूर्णता दिन पनि यसपटक उम्मेद्धार बनेर जनताका बिचमा आएको बताएका हुन् । उनले कपिलवस्तु १ को समग्र विकासका लागि यसपटक मतदान गरि जिताउन पनि आग्रह गरेका छन्।
सत्तारुढ चार दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रहेका खनालले जिल्लाको दक्षिणी क्षेत्रका मतदातालाई भेट्न घरदैलोमा जोड दिएको गठबन्धनको निर्वाचन परिचालन समितिले जनाएको छ ।
०७४ मा तत्कालिन बामगठबन्धनबाट चुनाव जिते पनि पार्टी भित्रको अन्तरकलहले सोचेजस्तो काम गर्न नसकेको उनले मतदाता सामु स्विकारेका छन् । यतिबेला सत्ता गठबन्धनको गतिलो साथ पाएका खनालले आफुले निर्वाचन जित्नेमा समेत ढुक्क छन्।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया