

आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना गरी मनाइँदै





काठमाण्डाै – आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
काठमाण्डौ उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ मनाउनेको चहलपहल रहेको छ । छठको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा यस गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । त्यसैले सूर्यको पूजा गर्नुपर्छ भन्ने पनि मान्यता रहेको छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।
२०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । छठ पर्वका लागि तराईका पोखरी तथा खोला नदीसँगै काठमाण्डौ गुह्येश्वरी, गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत बाग्मती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । पहिले तराई क्षेत्रमा मात्रै मनाइने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया