

रुपन्देही–२ मा सत्ता गठबन्धन फुट्यो,जनमोर्चा बाहिरियो





चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलंघन गरेको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ ।
कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले रुपन्देही संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको थियो । सो निर्णयसम्बन्धी हस्ताक्षरमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संलग्न हुनुहुन्थ्यो ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीको तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हस्ताक्षर फिर्ता लिँदै जनमोर्चाले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।
‘हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया