

एउटा तानाशाहबाट मुलुकलाई मुक्त बनायौँ, विकास अब गर्छौँः बलदेव



कपिलवस्तु
कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले ५ बर्षमा जनचाहनाअनुसार काम गर्न नसकेको स्विकार गरेका छन् । वाम गठबन्धन बनाएर दुई तिहाईको सरकार बनाएर पनि त्यसले जनचहाना अनुसार काम गर्न नसक्दा आफूहरु दुखि भएको उनले बताए ।
गठबन्धनको वाणगंगा ४ गजेहडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै जनताले भनेजसरी मुलुक विकास नहुनुको प्रमुख कारण तत्कालिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको तानाशाहपन भएको बलदेवले नेता कार्यकर्ता माझ सुनाए । ५ बर्षमा धेरै केही काम गर्न नसकेपनि एउटा महत्वपूर्ण काम भने गर्यौँ उनले- ‘भने ओली राज र उनको तानाशाहले संविधान च्यात्ने र मास्ने काम गरिरहेको थियो । त्यसको लागिबाट दलहरु मिलेर गठबन्धन बनायौँ । यही गठबन्धनले अहिले संविधान जोगाउन सफल भएको छ ।’
नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्रीसमेत रहेका बलदेवले आफू सांसद भएर हिजो गर्न नसकेका कामहरु अब जितेर पुरा गर्ने बताए । वलदेवले आफूहरु ७४ सालदेखि नै गठबन्धनमा रहेकाले आश्चर्य नमान्न आग्रह गरेका छन् ।
‘हिजो ओलीसंग गठबन्धन गरेर गल्ती गरिएछ, अब अहिलेको चार दल यस्तो गल्ती गर्दैन, देउवा, प्रचण्ड, माधव, चित्र बहादुर मिलेर मुलुकलाई विकासको गतिमा लैजानुहुन्छ । हामी लैजान्छौँ । चिन्ह हेरेर होइन गठबन्धनको मर्म बुझेर मतदान गर्नुहोला । गाउँगाउँमा कार्यकर्ता तहमा यसको सन्देश दिनुहोला’, बलदेवको आग्रह छ ।
कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार डोलकराम घिमिरे, जिल्लाका चुनावी कमाण्डर अतहर कमाल मुसलमान लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया