

रुपन्देहीका दलहरुले भने, ‘चुनावमा बालबालिका प्रयोग गर्दैनौँ’



रुपन्देही । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसार, आमसभा, जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् ।
चाँदनी नेपालले आज मङ्गलवार बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । आपसमा आरोप–प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने उनीहरूले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, माओवादी केन्द्रका संयोजक निर्मल जिसी, एकीकृत समाजवादीका अध्यक्ष अविराम विक, राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्साल, लोसपाका प्रवक्ता मोहम्मद इस्लाम, जसपाका प्रदेश सहसंयोजक नविन सुनुवारले हस्ताक्षर गर्नुभएको सामूहिक प्रतिबद्धतामा राजनीतिक दल र उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, वैठक, भेलाजस्ता कार्यक्रमलाइ अर्को दलले बिथोल्ने वा बाधा–अवरोध नपुर्याउने उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका दलहरूले आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, मतदान अधिकृत र पर्यवेक्षण गर्ने निकायसँग समन्वय गर्ने र सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकोसमेत बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया