

रुपन्देहीका दलहरुले भने, ‘चुनावमा बालबालिका प्रयोग गर्दैनौँ’



रुपन्देही । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसार, आमसभा, जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् ।
चाँदनी नेपालले आज मङ्गलवार बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । आपसमा आरोप–प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने उनीहरूले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, माओवादी केन्द्रका संयोजक निर्मल जिसी, एकीकृत समाजवादीका अध्यक्ष अविराम विक, राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्साल, लोसपाका प्रवक्ता मोहम्मद इस्लाम, जसपाका प्रदेश सहसंयोजक नविन सुनुवारले हस्ताक्षर गर्नुभएको सामूहिक प्रतिबद्धतामा राजनीतिक दल र उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, वैठक, भेलाजस्ता कार्यक्रमलाइ अर्को दलले बिथोल्ने वा बाधा–अवरोध नपुर्याउने उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका दलहरूले आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, मतदान अधिकृत र पर्यवेक्षण गर्ने निकायसँग समन्वय गर्ने र सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकोसमेत बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया